देश

    नेपाल वायुसेवा निगमले फूलपातीको दिन काठमाडौं–भैरहवा उडान गर्ने

    नवलपुर टुडे
    २०८१ अशोज २१ | मध्यान्ह ०६:०६ बजे
      काठमाडौं । नेपाल वायुसेवा निगमले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ ।
       
      निगमले एक सूचना जारी गर्दै दसैँलाई लक्षित गरी सो दिन काठमाडौंबाट भैरहवा बिहान ११ बजे सात हजार रुपैयाँमा उडान गर्ने भएको हो ।

      भैरहवाबाट काठमाडौं १२ः३० मा तीन हजार ८९० रुपैयाँमा उडान गर्ने निगमले जानकारी दिएको छ ।

      निगमले  ३० केजीसम्मको लगेज निशुल्क लगिने पनि बताइएको छ ।

       

       

        कमेन्टहरु