देश

    मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

    नवलपुर टुडे
    २०८१ अशोज २१ | मध्यान्ह ०६:०६ बजे

      काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको हो । 

      बैठक साँझ ५ बजे बोलाइएको भएपनि ढिलो गरी सुरु भएको छ । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे निर्णय हुने एक मन्त्रीले बताए ।  

      मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले सोमबारको बैठक बालुवाटारमा राखेका हुन् ।

        कमेन्टहरु