अपराध

    बुलिङटारमा अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा

    नवलपुर टुडे
    २०८१ अशोज २० | मध्यान्ह ०२:०६ बजे

      बुलिङटार । नवलपुरको बुलिङटारमा अवैध रुपमा नदी जन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

      बुलिङटार गाउँपालिका- ६ फुलमति खोलाको मुलमनी नदी जन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानीय र प्रहरीको संयुक्त टोलीले जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

      ग १ त ५८५२ नम्बरको ट्याक्टर र बा. प्र. ००१ क ०४३४ नम्बरको जेसिबीलाई नियन्त्रणमा लिई प्रहरी चौकी बुलिङटारमा ल्याएर राखेको र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

       

        कमेन्टहरु