देश

    बाढीपहिराेमा परी दुई सय ३९ जनाको मृत्यु

    रासस
    २०८१ अशोज १९ | बिहान ०९:०६ बजे

      अघिल्लो साता आएको बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए।

      हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।

        कमेन्टहरु