देश

    प्रहरी निरीक्षक शाही निलम्बन

    नवलपुर टुडे
    २०८१ अशोज १८ | मध्यान्ह ०६:०६ बजे

      काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा पठाएको स्रोतले बताएको छ ।  

      प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुख हुँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ रकम असुल गरेको आरोप लागेको छ । उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो । 

      सो घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरमा कार्यरत  डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निम्बनका लागि सिफारिस गरेको थियो । 
       

       

        कमेन्टहरु