खेलकुद

    सिनर्जी एफएमको आयोजनामा भोलि मिडिया कप फुटसल हुँदै

    नवलपुर टुडे
    २०८१ अशोज १८ | मध्यान्ह ०२:०६ बजे

      चितवन । चितवनको पहिलो रेडियो सिनर्जी एफएमले मिडिया कप फुटसल प्रतियोगिता गर्ने भएको छ । एफएमले नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

      प्रतियोगिता असोज १९ गते शनिबार हुने कार्यक्रम संयोजक सुशिल पन्तले बताए । खेल भरतपुर ९ शरदपुरस्थित शरदपुर फुटसलमा बिहान ७:३० बजेबाट खेल सुरु हुने पन्तले जानकारी दिए । प्रतियोगितामा चितवनका बिभिन्न १० वटा मिडिया हाउसहरु सहभागी हुनेछन् ।

      प्रतियोगिताको विजेताले ट्रफीसहित ३० किलोको खसी तथा उपविजेताले २० किलोको खसी प्राप्त गर्नेछ । चाडपर्वको समयमा मिडिया हाउसहरुबीच शुकामना आदान प्रदान तथा आत्मियता साटासाटका लागि प्रतियोगिता आयोजना गरिएको एफएमले जनाएको छ । 

       
       

        कमेन्टहरु