घटना, मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश

    बैतडीको पाटनमा एकजना मृत फेला 

    प्रशान्त बोहरा
    २०८१ अशोज १७ | मध्यान्ह ०५:०६ बजे

      बैतडी, असोज १७ ।  बैतडीको पाटनमा एकजना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ का ६२ वर्षीय खडकसिंह भण्डारी मृत अवस्थामा फेला परेका हुन् । 

      बुधबारदेखि हराइरहेका भण्डारी बिहीबार बिहान ९ बजेतिर सुर्नया नदीको किनार तिपडीगाड भन्ने स्थानमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । 

      मृतक भण्डारीको शव पोष्टमार्टपछि आफन्तले बुझिसकेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु