घटना

    करेन्ट लागेर एक महिलाको मृत्यु

    इन्द्रजित नेपाली
    २०८१ अशोज १५ | बिहान ०९:०६ बजे

      गुल्मी । जिल्ला गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्गकी अन्दाजी २७ वर्षीया माया रोका मगरको सोमबार दिउँसो साढे ३ बजे तिर करेन्ट लागेरा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (DSP) शंकर पोखरेलले बताए ।

      माया रोका आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते भएकी रोकाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु