समाचार

    पछिल्लो बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुग्यो

    नवलपुर टुडे
    २०८१ अशोज १४ | मध्यान्ह ०४:०६ बजे

      काठमाडौँ । पछिल्लो बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुगेको छ ।

      नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २ सय पुगेको हो ।

      त्यस्तै घाइते १२७ र बेपत्ता २६ जना रहेका छन् । प्रहरीका अनुसार विपतमा परेका ४२ सय २२ जनाभन्दा बढीको उद्धार भएको छ ।

      असोज १० देखि १२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला प्रभावित भएका थिए ।

        कमेन्टहरु