दुर्घटना

    नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पन्ध्रकिलोमा माइक्रो र दूध बोक्ने ट्यांकर ठोक्किँदा १६ जना घाइते

    नवलपुर टुडे
    २०८१ अशोज ११ | बिहान ०६:०६ बजे
    फाेटाे : मुग्लिन बजार

      चितवन, असोज ११ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदा माइक्रोमा सवार १६ जना घाइते भएका छन् ।

      बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठोक्किएका हुन् ।

      ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाण्१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

      दुर्घटनामा घाइते भई पुरानो मेडिकल कलेजमा उपचाररत घाईतेहरु
      १. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष २४ की सृष्टी भुसाल, मध्यम ।
      २. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष ५२ को रामजी भुसाल, मध्यम ।
      ३. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष २० की सोनिका भुसाल, मध्यम ।
      ४. जिल्ला नवलपुर कावासोती नपा २ बस्ने बर्ष ४० को साहिल श्रेष्ठ, टाउको र दुबै खुट्टामा चोट मध्यम ।

      चितवन मेडिकल कलेजमा उपचाररत घाईतेहरु
      १. नवपलपुर कावासोती नपा १४ बस्ने बर्ष ६८ की कमलला श्रेष्ठ, मध्यम ।
      २. नवलपुर गैंडाकोट ५ बस्ने बर्ष ३५ की रेजिना पराजुली, मध्यम ।
      ३. नवलपुर गैंडाकोट ५ बस्ने बर्ष २३ की अरुनिमा पौडेल, मध्यम ।
      ४. माइक्रो चालक नवलपुर कावासोती १३ बस्ने बर्ष ३८ को चिन्ता बहादुर महत्तो, मध्यम ।
      ५. नवलपुर कावासोती ७ बस्ने बर्ष ३२ को सन्तोष महत्तो, मध्यम ।
      ६. नवलपुर कावासोती १ बस्ने बर्ष २१ को निर्जन लुङगेली, मध्यम ।
      ७. नवलपुर कावासोती २ बस्ने बर्ष ३४ की निरमांया आले, सामान्य ।
      ८. नवलपुर कावासोती २ बस्ने बर्ष ६ को ईहान आले, मध्यम ।
      ९. नवलपुर कावासोती ७ बस्ने बर्ष ३८ को रामचन्द्र भुषाल, मध्यम
      १०. नवलपुर कावासोती ९ बस्ने बर्ष ३० को कृष्ण प्रसाद भुषाल, सामान्य ।
      ११. नवलपुर कावासोती १५ बस्ने बर्ष २३ को सुनिल गरौ, मध्यम ।
      १२. बाग्लुङ जयमिनि गापा ९ बस्ने बर्ष ३७ को फनिन्द्र थापा, मध्यम ।

      फाेटाे : मुग्लिन बजार

       
       

        कमेन्टहरु