देश

    दुर्गा प्रसाईं पक्राउ

    नवलपुर टुडे
    २०८१ अशोज ६ | मध्यान्ह ०४:०६ बजे

      काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

      विद्युतीय कारोबार ऐनानुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो । प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

      गएको बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।

      प्रसाईंविरुद्ध एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् ।

        कमेन्टहरु