देश

    बिर्तामोडमा दुर्गा प्रसाईंका समर्थकले निकाले मसाल जुलुस

    नवलपुर टुडे
    २०८१ अशोज ५ | बिहान ०८:०६ बजे

      बिर्तामोड । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका दुर्गा प्रसाईका समर्थकहरुले बिर्तामोडमा मसाल जुलुस निकालेका छन्।

      शुक्रबार साँझ वान स्टप मल अगाडिबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान झापा र भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) झापाको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो।

      “केपी ओली मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद, पक्राउ पुर्जी खारेज गर, दुर्गा प्रसाईं जिन्दावाद” जस्ता नाराहरु लगाउँदै मसाल जुलुस मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

      मसाल जुलुसमा अभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनालीको नेतृत्वमा पीडीएफका झापा जिल्ला संयोजक भीम तुम्बापोसहित करिब १५० जनाको सहभागिता रहेको थियो।

        कमेन्टहरु