देश

    यसपालि दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

    नवलपुर टुडे
    २०८१ अशोज ५ | बिहान ०६:०६ बजे

      काठमाडौं, असोज ५ । यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ।

      बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो। समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको छ।

      असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ।

        कमेन्टहरु