देश

    चितवन कारागारमा कोरानाका कारण थुनुवाको मृत्यु, कारागारमा उच्च सतर्कता

    जगत ठाडा मगर
    २०७८ असार १६ | मध्यान्ह ०२:०३ बजे

      चितवन । चितवन कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ ।

      कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो । कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो ।

      थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उनले बताए । कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले जानकारी दिए । कारागारमा अहिले ६७४ कैदीबन्दी छन् ।

      कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता भएकामा ६२३ रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका छन् ।

        कमेन्टहरु