देश

    बाढी पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पुन : सञ्चालन

    जगत ठाडा मगर
    २०७८ असार १६ | मध्यान्ह ०१:०३ बजे

      दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ ।

      म्याग्दे गाउँपालिका -४ थर्पुमा लेदो माटो खसेर बुधबार बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ः०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ ।

      लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।
      लेदो माटोका १२ चक्के ठूलो गाडी फसेको थियो ।

      सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

      अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

        कमेन्टहरु