घटना

    परासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यू

    खुरसेद हजाम
    २०८१ भदौ ३१ | मध्यान्ह ०९:०५ बजे

      परासी । पश्चिम नवलपरासीको परासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका- ९ जोकवारे बस्ने बर्ष अन्दाजी बर्ष ३७ को प्रेम ढांडी रहेका छन ।

       

      सोमबार साझ करिब ७:३० बजे रामग्राम नगरपालिका- ४ घोडपाली चोकस्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ८ ख ७५४९ नम्बरको ट्रकले बिपरित दिशातर्फ बाट आउदै गरेको लु. प्र.०१-००२ प २०५४ नम्बरको मोटरसाइकल अचानक एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

       

      दुर्घटनामा परी मोटरसाइकल चालकको दुबै हातमा चोट लागि अचेत भएका थिए । उनको पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा उपचारको क्रममा ८:१५ बजे अस्पतालले उनलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम डीएसपी रेशम बोहराले जानकारी दिए।

       

      हल ट्रकसहित चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिगई अनुसन्धान गरिरहेको बोहराले बताए ।

        कमेन्टहरु