राजनीति

    नेपाली कांग्रेसले सम्मान गर्‍यो पार्टीबाट जनप्रतिनिधि रहेकामध्ये उत्कृष्ट २१ पालिका (सूचीसहित)

    नवलपुर टुडे
    २०८१ भदौ २७ | मध्यान्ह ०७:०५ बजे

      काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जनप्रतिनिधि रहेकामध्ये २१ वटा उत्कृष्ट पालिकालाई सम्मान गरेको छ ।

      कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बोलाएर बिहीबार कांग्रेसको स्थानीय तह समन्वय विभागले उत्कृष्ट पालिकालाई सम्मान गरेको हो । पालिकाका प्रतिनिधिलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान गरे । 

      राज्यस्तरबाट तोकिएका मापदण्डअनुसार नै उत्कृष्ट बनेका पालिकालाई सम्मान गरिएको विभागका प्रमुख मधु आचार्यले जानकारी दिए । 

      सम्मान पाउने  मध्ये रूपन्देहिको तिलोत्तमा, धादिङको नीलकण्ठ र चितवनको रत्ननगर नगरपालिका देशभरका सबै स्थानीय तहमध्ये उत्कृष्टमा परेका छन् । बाँकी पालिका भने सरकारको आर्थिक जोखिमसम्बन्धी अध्ययन, महालेखा परीक्षकको प्रतिवेदनले कम बेरुजु देखाएका र खर्च बढी गरेर परिणाम देखाउनुलाई आधार बनाइएको प्रमुख आचार्यले जानकारी दिए ।

      यी हुन् उत्कृष्ट सम्मान पाएका पालिका

      NC1-1726145536.jpg

      NC2-1726145536.jpg

       

       

        कमेन्टहरु