राजनीति

    सभापति देउवाले गरे कांग्रेसको भूपू सैनिक विभागमा १० जना सदस्य मनोनयन

    नवलपुर टुडे
    २०८१ भदौ २७ | मध्यान्ह ०१:०५ बजे

      काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूपू. सैनिक विभागमा १० जना सदस्य मनोनयन गरेका छन् ।

      नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले उक्त विभागमा सदस्य मनोनयन गरेका हुन् ।

      मनोनीत सदस्यहरूमा गर्जबहादुर गुरुङ(लमजुङ), हेमलाल लिम्बु (सुनसरी),तुलबहादुर गुरुङ (कास्की),जोबानसिंह ठकुरी (रुपन्देही),भीम चन्द (कञ्चनपुर),भावना घर्ती मगर(सुर्खेत),गुणबहादुर कार्की(महोत्तरी),लीला मास्के राना(नवलपुर),गोपाल तामाङ (झापा) र सुनिता लामिछाने (काठमाडौँ) छन् ।

      उक्त विभागको प्रमुख केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु रहेकी छन् ।

        कमेन्टहरु