दुर्घटना

    तनहुँको आबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

    नवलपुर टुडे
    २०८१ भदौ २६ | मध्यान्ह ०५:०५ बजे

      काठमाडौँ । तनहुँको आबुखैरेनीमा बस दुर्घटना भएको छ ।

      गाउँपालिकाको वडा नम्बर–२ र ३ जोड्ने खहरे खोलामा बस दुर्घटना भएको तनहुँका एसपी वीरेन्द्र शाहीले बताए । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

      पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग.१ ख ९४०२ नम्बरको बस दुर्घटना भएको र घाइतेहरूको अवस्था मध्यम रहेको एसपी शाहीले जानकारी दिए । 

        कमेन्टहरु