समाज

    जनकपुरमा कलबार समुदायले मनाए बलभद्र जयन्ती

    नवलपुर टुडे
    २०८१ भदौ २५ | बिहान ०६:०५ बजे

      महेन्द्रनगर । यहाँका कलवार समुदायले आफ्ना कूल देवता भगवान बलभद्र जयन्ती भव्यताका साथ मनाएका छन् । आज उनीहरुले जनकपुरधामस्थित ब्याहुत सेवा समिति कलबार कुट्टीमा पुजापाठ र विभिन्न कार्यक्रम गरे । सो अवसरमा जनकपुरधाममा भब्य शोभायात्रासमेत निकालिएको थियो ।

      शोभा यात्रा जनकपुरधामको मुख्य बजार क्षेत्र परिक्रमा गरी कलबार कुट्टी पुगेको थियो । आज दिनभर कलवार समुदायले भगवान बलभद्रको पुजा आराधना, दिवाभोज, प्रसाद वितरण गरेका छन् ।

      प्रत्येक वर्षको भदौ शुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाइने गरिन्छ । भगवान कृष्णको दाईलाई बलभद्र भगवानको रुपमा चिनिन्छ । बललाई शक्ति र भद्रलाई अन्नको रुपमा परिभाषित गरिन्छ । बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल र पाँच थरीको तरकारीको चढाउने प्रचलन छ । 

      भगवानको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्वअध्यक्ष उमेश साहले जानकारी दिए ।

        कमेन्टहरु