देश

    संविधान दिवस तीन दिन मनाइनेhttps://nawalpurtoday.com/84858/

    नवलपुर टुडे
    २०८१ भदौ १८ | मध्यान्ह ०३:०५ बजे

      संविधान दिवस मूल समारोह समितिले तीनै तहका सरकार, सबै मन्त्रालयसहितलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाएको हो।

      संशोधित कार्यक्रम अनुसार, असोज २ गते सरकारी र गैरसरकारी कार्यालयमा दीप प्रज्वलनसहित विभिन्न ८ कार्यक्रम हुनेछन् । असोज ३ गते १२ वटा कार्यक्रम तय भएका छन्। संविधान दिवसको मुख्य दिन सार्वजनिक सञ्चार माध्यम र आम नागरिकको घरमा राष्ट्रिय झन्डा फहराउने तथा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ ।

      यसैगरी असोज  ४ गते विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग, प्रदेश, जिल्ला र स्थानीय तहबाट विविध कार्यक्रम गरिने सरकारको परिपत्रमा उल्लेख छ।

       
       

        कमेन्टहरु