देश

    नारायणगढ-मुग्लिन सडकखण्ड सिमलतालमा बस र ट्रक ठोक्किए

    नवलपुर टुडे
    २०८१ भदौ १६ | बिहान ०७:०५ बजे

      चितवन, भदौ १६ । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

      आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयो ।

      उहाँका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।

        कमेन्टहरु