घटना

    नवलपुरको देवचुलीमा बेवारिसे महिलाको शव फेला

    नवलपुर टुडे
    २०८१ भदौ १५ | मध्यान्ह ०३:०५ बजे

      कावासोती । नवलपुरको देवचुलीमा बेवारिसे शव फेला परेको छ । देवचुली नगरपालिका- १, मेगापार्क नजिकै नारायणी नदी किनारमा बेवारिसे शव फेला परेको हो ।

      जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार अन्दाजी ३०/३५ वर्षको मोटो शरीर र मंगोलियन अनुहारको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

      शवको अहिलेसम्म सनाखत भएको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

        कमेन्टहरु