देश

    राष्ट्रपतिबाट ‘टीआरसी’ विधेयक प्रमाणीकरण

    नवलपुर टुडे
    २०८१ भदौ १३ | मध्यान्ह ०५:०५ बजे

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

      राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष सो विधेयक पेस भएको थियो ।

      t(1)
       

        कमेन्टहरु