देश

    सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित

    नवलपुर टुडे
    २०८१ भदौ १२ | मध्यान्ह ०२:०५ बजे

      काठमाडौं,भदौ १२ । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् ।

      संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुखबाट बुधबार प्रमाणित गरिएको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

      टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । सभामुखबाट प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

        कमेन्टहरु