खेलकुद

    आज साफ यू–२० च्याम्पियनसिप उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

    नवलपुर टुडे
    २०८१ भदौ १२ | बिहान ०६:०५ बजे

      काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उपाधि भिडन्त दिउँसो साढे २ बजेदेखि सुरु हुने भएको छ । 

      नेपाल र बंगलादेश दुवै पेनाल्टी सुटआउटबाट जित निकाल्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल यात्राका क्रममा बंगलादेशले भारतलाई र नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा हराएका थिए ।

      भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिम सहभागी थिए ।

       

        कमेन्टहरु