देश

    यौनिक तथा लैंगिक अल्पसंख्यकको ‘प्राइड परेड’ {तस्वीरहरू}

    नवलपुर टुडे
    २०८१ भदौ ४ | मध्यान्ह ०५:०५ बजे

      काठमाडौं । देशभर आज (मंगलबार) गाईजात्रा पर्व धूमधामका साथ मनाइएको छ । खास गरी आफन्तको मृत्युमा त्यसघरबाट गाईजात्रा निकाल्ने प्रचलन छ । तर, यस दिन राजनीतिलगायत उच्च पदस्थहरूमाथि व्यंग्य पनि गरिन्छ भने विभेदमा परेकाहरूले पनि जात्रा निकाली विद्रोह जनाउँछन् । 

      Jatra%201

      मंगलबार काठमाडौंमा लैंगिक अल्पसंख्यक तथा यौनिक समुदायकाले पनि रंगीविरंगी ‘प्राइड परेड’ गाईजात्रा निकालेका छन् । उनीहरुले काठमाडौंको ठमेलमा प्राइड परेड निकालेका हुन् । उनीहरूले प्रत्येक वर्ष यो दिनलाई आफ्नो गौरवपूर्ण दिनको रुपमा मनाउने गर्छन् ।

      Jatra%202

      नील हिरा समाजको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडी पनि सहभागी भएका छन् । 

      Jatra%203
       

        कमेन्टहरु