देश

    भदौ ३ गते देशभर, ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

    नवलपुर टुडे
    २०८१ भदौ १ | बिहान ०७:०५ बजे

      काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

      शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको बैठकले आगामी भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

      २०७८ र २०७९ सालमा जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेकाले बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थिएन । यसैबीच जनैपूर्णिमा पर्वको अवसरमा यही भदौ ३ गते सोमबार संघीय सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
       

        कमेन्टहरु