लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

    नवलपुर टुडे
    २०८१ साउन ३० | मध्यान्ह ०५:०४ बजे

      रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वसको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।

      साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र कांग्रेसका चार जना मन्त्री नियुक्त छन् । सरकारलाई पूर्णता दिन अझै बाँकी छ ।

      कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने तयारी छ । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ ।

       

      lumbini 2 1

       

        कमेन्टहरु