अपराध

    दमकमा पेस्तोल र म्याग्जिनसहित समातिए सञ्जीव

    नवलपुर टुडे
    २०८१ साउन २८ | मध्यान्ह १२:०४ बजे

      झापा । झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

      आज बिहान ३ः५५ बजेतिर दमक नगरपालिका– ५ बानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली ठाउँमा लुकाइछिपाई राखिएको मेडइन इटाली लेखिएको पेस्तोल र दुई थान म्याग्जिन फेला परेको डीएसपी चन्दले बताए । 

      बरामद गरिएको पेस्तोल, म्याग्जिन, स्कुटरसहित गजमेरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनले के प्रयोजनका लागि पेस्तोल बोकेको हो सोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

        कमेन्टहरु