बाढी/पहिरो

    नारायणीसहित यी १० नदीको जलसतह सतर्कता तहनजिक

    नवलपुर टुडे
    २०८१ साउन २७ | बिहान १०:०४ बजे
    फाइल तस्बिर

      भरतपुर । आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तलै रहने पूर्वानुमान गरिएको छ ।

      साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर, सतर्कता तहनजिक रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

      आज महाकाली, परिगाउँ जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ । 

       

        कमेन्टहरु