सुदुरपश्चिम प्रदेश

    बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यू

    उमेश रोकाया
    २०८१ साउन २६ | मध्यान्ह ०७:०४ बजे

      बाजुरा, श्रावण २६ । बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका -७ का ३३ वर्षीय मान बहादुर बिष्ट रहेका छन ।

      शनिबार दिउँसो बडिमालिका नगरपालिका वडा न ६ को जडाङ्गामा ३३ केभीको लाईन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाईते भएका थिए । घाईते भएका बिष्टलाई उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पुगाएको केही समयमा मृत्यू भएको प्रहरीले जनाएको छ ।

      घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिप गिरीले बताएका छन ।

        कमेन्टहरु