काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोलाका २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन्। उनी बिहीबार साँझदेखि बेपत्ता थिए।
साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा उनको शव शुक्रबार बिहान भेटिएको प्रहरीले जनाएको छ। उनी आफै खोलामा खसेका थिए वा अरु कसैले धकेलिदिएको हो भन्नेबारे अनुसन्धान भइरहेका प्रहरीको भनाइ छ।







