बिश्व

    भारतकाे सिक्किममा भूकम्प, पूर्वी नेपालसम्म धक्का

    नवलपुर टुडे
    २०८१ साउन २५ | बिहान ०८:०४ बजे

      काठमाडौँ । भारतकाे सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

      बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

      भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चि बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो । 

       

        कमेन्टहरु