देश

    नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, विबरण आउन बाँकी

    नवलपुर टुडे
    २०८१ साउन २३ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौं । नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा भएको छ । बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको बताएका छन् ।

      शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । ‘हेलिकप्टर खसेको र आगो लागेको जानकारी आएपछि हामी त्यसतर्फ जाँदैछौं,’ प्रहरीहरू घटनास्थलमा पठाइसकिएको छ’, उनले भने । त्यसमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । घटनाको विस्तृत विवरण आइसकेको छैन । 

        कमेन्टहरु