देश

    बडीगाड पहिरोका गम्भीर घाइते तीन जनालाई काठमाडौं ल्याइयो

    नवलपुर टुडे
    २०८१ साउन २३ | बिहान ११:०४ बजे

      गम्भीर घाइते ४६ वर्षीया संगीता बुढा, १९ वर्षीया रिमा पुन र ३१ वर्षीया सीता थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे हो।

      उनीहरूको महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु भएको छ। अन्य ६ जना घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ।

      पहिरोमा परी ८ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता छन्। ९ जना घाइते भएका छन्। बेपत्ता ४ जनाको खोजीका लागि बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना खटिएको छ।

        कमेन्टहरु