तस्कर, मधेश प्रदेश

    भन्सार छलेर ल्याईएका ४३ लाख ९४ हजार ३ सय ३२ बराबरको कपडासहित ट्रक नियन्त्रणमा

    नवलपुर टुडे
    २०८१ साउन २३ | बिहान १०:०४ बजे

      पर्सा, श्रावण २३ । भन्सार छलेर ल्याइएका ४३ लाख ९४ हजार ३ सय ३२ रुपियाँ मूल्य बराबरका कपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।

      विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले वीरगञ्ज महानगरपालिका- २४ बहुवरी चोकस्थित सडकखण्डबाट कपडासहित ट्रक नियन्त्रणमा लिएको हो ।

      जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका- २४ बहुवरी चोकस्थित सडकखण्डबाट ४३ लाख ९४ हजार ३ सय ३२ रुपियाँ मूल्य बराबरका कपडासहित २-०३००-१ ख ५१३७ नम्बरको ट्रक नियन्त्रणमा लिएको सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

      उक्त बरामद सामानसहित ट्रक आबश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा मंगलबार बुझाएको भारतीले बताए ।

        कमेन्टहरु