मधेश प्रदेश, समाचार

    मधेश प्रदेशमा बन्यो ‘जम्बो’ मन्त्रिमण्डल !

    राम नारायण
    २०८१ साउन २३ | बिहान ०८:०४ बजे

      जनकपुरधाम, साउन  २३ । जनमत पार्टीको नेतृत्वमा रहेको मधेश सरकारमा अहिलेसम्मकै ठूलो मन्त्रिमण्डल बनेको छ ।
      पाँचजना राज्यमन्त्री थपिएसँगै मधेश सरकारमा अहिलेसम्मकै ‘जम्बो’ मन्त्रिमण्डल बनेको हो ।

      मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत पार्टी र लोसपाबाट एक–एक राज्यमन्त्री थप गरेका हुन् । १२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री नियुक्त भएका थिए ।

      मंगलबार पाँच राज्यमन्त्री थपिएपछि २० सदस्यीय मन्त्रिमण्डल बनेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सरकारलाई कांग्रेस, एमाले र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।

        कमेन्टहरु