मुख्य समाचार, राजनीति, समाचार

    साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा काङ्ग्रेस केन्द्रिय सदस्य तिमिल्सिनालाई मनोनयन

    उमेश रोकाया
    २०८१ साउन २२ | बिहान ०२:०४ बजे

      बाजुरा, श्रावण २२ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य विद्यादेवि तिमिल्सिनालाई साहित्य, कला तथा संस्कृति केन्द्रिय विभाग प्रमुखमा मनोनयन गरिएको छ।

      नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (ग) बमोजिम नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिका सदस्य विद्यादेवि तिमिल्सिनालाई साहित्य, कला तथा संस्कृति केन्द्रिय विभाग प्रमुख मनोनयन गरिएको छ।

      केन्द्रिय विभाग प्रमुख मनोनयनमा तिमिल्सिना सहित ३७ जना नेपाली काङ्ग्रेस केन्द्रिय सदस्यहरुलाई मनोनयन गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयले प्रेस विज्ञपति निकालेको छ।

        कमेन्टहरु