देश

    धनुषामा मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या, छोरा पक्राउ

    जगत ठाडा मगर
    २०७८ असार ११ | मध्यान्ह ०१:०३ बजे

      असिम कामु मगर
      जनकपुरधाम । धनुषामा बुवाको हत्‍या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

      इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेका हुन् ।

      जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्‍या गरेका हुन् । उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।

      मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

        कमेन्टहरु