देश

    जुम्ला कारागारमा कैदीको मृत्यु

    नवलपुर टुडे
    २०८१ साउन २० | मध्यान्ह ०८:०४ बजे

      जुम्ला, साउन २० । जुम्ला कारागारमा एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा दुई वर्षदेखि कैद भुक्तान गरिरहेका मुगु जिल्लाका अन्दाजी ४२ वर्षका प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीका अनुसार मुगुको खत्याड गाउँपालिका–३ का कैदी टमटाको एक्कासि मृत्यु भएको हो । उहाँका अनुसार २०७९ साउन २७ गतेबाट जबरजस्ती करणी मुद्दामा जेल भुक्तान गरिरहेका टमटालाई आइतबार बिहान ब्याडमिन्टन खेलेपछि लुडो समेत खेलेका र करिब साढे १० बजे एक्कासि अप्ठ्यारो भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य शिक्षण अस्पतालमा लिइएको थियो । 

      प्रहरी नायव उपरीक्षक कामतीका अनुसार अस्तपालामा करिब साढे १२ बजे उनको निधन भएको जानकारी भएको थियो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कैदी टमटाको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएको जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासि ढलेपछि उहाँलाई अस्पताल लगिएको थियो । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको सुरक्षा समितिको टोली कारागार र अस्पताल पुगेको थियो । टोलीले घटनाको अध्ययन गरेर फर्किएको थियो ।

        कमेन्टहरु