देश

    नारायणी किनारमा हिँडिरहेका श्रेष्ठमाथि बाघको आक्रमण

    नवलपुर टुडे
    २०८१ साउन २० | बिहान ०८:०४ बजे

      चितवन । चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको छ ।

      बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडी बस्ने श्रेष्ठलाई एक्कासि आक्रमण गर्दा उनी घाइते भएका छन् । घाइते श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

      श्रेष्ठको मुख र हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको कार्यालयले जनाएको छ । श्रेष्ठलाई आक्रमण गर्ने बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय भरतपुरले एक टोली परिचालन गरेको छ । 

       

        कमेन्टहरु