देश

    ‘भलिबलमा नेपाललाई ऐतिहासिक सफलता’ पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले दिए बधाई

    नवलपुर टुडे
    २०८१ साउन २० | बिहान ०६:०४ बजे

      काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन । उनले सामाजिक सञ्जालमार्फत आज सम्पन्न भारतविरुद्धको खेलमा जित हासिल गरेकामा खुसी व्यक्त गर्दै नेपाललाई ऐतिहासिक सफलता मिलेको उल्लेख गरेका छन। 

      उनले भनेका छन्, ‘नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । नेपाली छोरीहरूलाई हार्दिक बधाई ! काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

      काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत शनिबार दशरथ रङ्गशालास्थित कभर्ड हलमा भएको खेलमा नेपाल भारतमाथि ३-२ को सेटमा विजयी भयो । 

      पहिलो सेट २५-१८ ले जितेको नेपालले दोस्रो खेल १२-२५ ले गुमाएको थियो भने तेस्रो सेटमा २५-१७ ले जितेको थियो । चौथो सेट १८-२५ ले हारेको नेपालले अन्तिम सेट १५-१३ ले जितेको थियो । 

        कमेन्टहरु