मनोरन्जन

    २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्माले जितिन

    नवलपुर टुडे
    २०८१ साउन १९ | मध्यान्ह ०८:०४ बजे

      काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् ।

      शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।

      अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् ।

      हरेक विधाका विजेताले २५-२५ हजार नगद पुरस्कार हात पारे ।

        कमेन्टहरु