अपराध

    भैरहवाबाट आठ ग्राम लागुऔषधसहित युवक पक्राउ

    नवलपुर टुडे
    २०८१ साउन १८ | मध्यान्ह ०४:०४ बजे

      रुपन्देही, साउन १८ । भैरहवाबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तो देखिने ८ ग्राम धुलोसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नं.६ बेथरी बस्ने बर्ष २० को अभिषेक सोरहिया मल्लाह रहेको छ ।

      प्रहरीका अनुसार साउन १६ गते साझ ६ बजेको समयमा सिद्धार्थनगर नगरपालिका- १० स्थितमा अबैध लागुऔषधको कारोवार भइरहेको छ, भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुपऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिगएको संयुक्त प्रहरी टोलीले लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो बस्तु तौल ८ ग्राम फेला पारी नियन्त्रणमा लिएको सुचना अधिकारी लक्ष्मी खनालले जानकारी दिए ।

      उनलाई जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको खनालले बतए ।

        कमेन्टहरु