देश

    कतारका अमिर दुईदिने नेपाल भ्रमणमा साढे दुई करोड खर्च गरेको सार्वजनिक

    नवलपुर टुडे
    २०८१ साउन १७ | मध्यान्ह ०८:०४ बजे
    फाइल तस्बिर

      काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले नेपाल भ्रमण गर्दा सरकारले करिब साढे दुई करोड रुपैयाँ खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कतारका अमिरको भ्रमणको समयमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयले कुल दुई करोड ४७ लाख एक हजार रुपैयाँ खर्च गरेका हुन् । 

      कतारका अमिरको नेपाल भ्रमणको समयमा परराष्ट्र मन्त्रालयले एक करोड १७ लाख ५१ हजार रुपैयाँ खर्च गरेको थियो । यस्तै, उक्त भ्रमणमा राष्ट्रपति कार्यालयले एक करोड २९ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो । अर्थ मन्त्रालयले भ्रमणमा खर्च भएको उक्त रकम राष्ट्रपति कार्यालयलाई गत जेठमा र परराष्ट्र मन्त्रालयलाई गत असारमा निकासा गरेको थियो । 

      कतारका अमिरले गत वैशाख ११ र १२ गते नेपालको भ्रमण गरेका थिए । उनी राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए ।
       

        कमेन्टहरु