राजनीति

    नवनियुक्त प्रदेश प्रमुखहरूको शपथ आज

    नवलपुर टुडे
    २०८१ साउन १७ | बिहान ०६:०४ बजे

      काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

      मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वाग्मती, लुम्बिनी र कर्णालीको प्रदेश प्रमुख नियुक्त गरेका थिए । 

      संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले वाग्मतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त गरेका थिए । 

      उनीहरूले आज साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । 

        कमेन्टहरु