देश

    राजदूत सिफारिसप्रति सत्तारूढ दलकै सांसदको असन्तुष्टि, भने– समावेशी सिद्धान्तअनुसार भएन

    नवलपुर टुडे
    २०८१ साउन १५ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौं । राजदूत सिफारिसप्रति सत्तारूढ दलकै सांसदले असन्तुष्टि जनाएका छन् । राजदूत नियुक्त गर्दा गठबन्धन सरकार र दलहरूले समावेशी सिद्धान्तअनुसार नगरेकोमा सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको हो ।  मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले राजदूत सिफारिस गर्दा समावेशी सिद्धान्तअनुसार नगरिएकोमा आपत्ति जनाए । 

      “हिजो मात्रै नेपाल सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेको छ, उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षिक हुन्छ कि हुँदैन सरकारसँग प्रश्न गर्न चाहन्छु,” उनले भने । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशको राजदूत फिर्ता गरेर नयाँ पठाउने निर्णय गरेको थियो ।

      यसरी राजदूत सिफारिस गर्दा सरकारले संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम नियुक्ति गर्नु पर्ने व्यवस्था छ ।

        कमेन्टहरु