देश

    भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ

    जगत ठाडा मगर
    २०७८ असार १० | मध्यान्ह १२:०३ बजे

      असिम कामु मगर
      तनहुँ । तनहुँमा आफ्नै भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

      पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

      आमा बाहिर गएको बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु