विश्व

    भियतनामको कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु

    रासस
    २०८१ साउन १५ | मध्यान्ह ०२:०४ बजे

      हनोई, साउन १५ । भारी वर्षाका कारण भियतनामको हा लङ बे नजिकै कोइला खानीमा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको राज्यसञ्चालित सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।

      भियतनामको राज्य सञ्चालित होन गाई कोइला कम्पनीको खानीमा सोमबार दुर्घटना भएको समाचार माध्यम भिएनएक्सप्रेसले जनाएको छ । उद्धार टोलीले मङ्गलबार बिहान २३  देखि ४७  वर्ष उमेरका खानी मजदुरहरूको शव उद्धार गरेको हो ।

      विपद् अधिकारीहरूले दुर्घटनाको समयमा उत्तरी क्वाङ निन्ह प्रान्तको हा लङ सहरमा आएको भारी वर्षाले पहिरो निम्त्याएको जानकारी गराएका छन् ।

      देशको उत्तरी भागहरूमा केही दिनदेखीको भारी वर्षाले आकस्मिक बाढीपहिरो निम्त्याइरहेको छ । अप्रिलदेखि क्वाङ निन्ह प्रान्तमा भएको खानी दुर्घटनामा अन्य सात जनाको मृत्यु भएको छ ।

      गत वर्ष भियतनामको राज्यद्वारा सञ्चालित कोइलाखानीमा भएको दुर्घटनाले कम्तीमा १० जना कामदारको ज्यान लिएको स्थानीय रिपोर्टहरूले बताएका छन् । एएफपी

        कमेन्टहरु